मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलिङ पिरियड प्रकरणमा संसदको छानबिन समिति गठन, सात सदस्यको टिम तयार

2K
SHARES
कुलिङ पिरियड प्रकरणमा संसदको छानबिन समिति गठन, सात सदस्यको टिम तयार

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा देखिएको हेरफेरको विषयले संसदमा चासो बढाएपछि विशेष छानबिन समिति गठन गरिएको छ ।

‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ नाम दिइएको उक्त समितिमा प्रमुख राजनीतिक दलहरूबाट सात जना सांसद समेटिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य छन् ।

समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा छन् ।

सभामुख देवराज घिमिरेको संयोजनमा बसेको बैठकले समितिलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा तोकेको छ । सभामुखको सचिवालयले यो जानकारी दिएको हो ।

यसअघि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधिसभाबाट पारित विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडसम्बन्धी अघिल्लो निर्णय नसमेटिएको भन्दै आपत्ति जनाउँदै छानबिन समिति गठन गर्न सभामुखलाई सिफारिस गरेको थियो । सोही प्रस्तावअनुसार समितिको गठन गरिएको हो ।

विधेयकको प्रारम्भिक प्रस्तावनामा सरकारी सेवाबाट अवकास या राजीनामा दिएका कर्मचारीहरूलाई दुई वर्षसम्म संवैधानिक, कूटनीतिक, राजनैतिक नियुक्ति नदिने प्रावधान थियो । तर संसदबाट पारित विधेयकमा यो व्यवस्था नरहेको देखिएपछि विवाद चुलिएको हो । यसबारे गहिरो अनुसन्धान गर्न समिति गठन गरिएको हो ।

यो मुद्दालाई लिएर संसद र सामाजिक वृत्तमा व्यापक बहस सुरु भएको छ । आलोचकहरूले यसलाई नियोजित संशोधन भनी सरकार र सत्तारूढ दलहरूलाई दोषारोपण गर्दै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २३, सोमबार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP