मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाजाको क्याफेमा इजरायली मिसाइल आक्रमण, कम्तीमा २० जनाको ज्यान गयो

2.2K
SHARES
गाजाको क्याफेमा इजरायली मिसाइल आक्रमण, कम्तीमा २० जनाको ज्यान गयो

गाजा । गाजाको एक भीडभाडयुक्त क्याफेमा इजरायली मिसाइल आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार, सामाजिक अभियन्ता र सर्वसाधारणको जमघट हुने अल बाका क्याफ्टेरिया लक्षित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले घटनास्थलबाट २० वटा शव निकालिसकेको छ भने अन्य थुप्रै घाइतेको उद्धार जारी छ । घटनास्थल नजिकै रहेका एक क्यामेरापर्सनले भने, ‘गाजाका अन्य क्षेत्रमा इन्टरनेट नचल्ने भएकाले म त्यहाँ वाइफाइको लागि पुगेको थिएँ । म क्याफे नजिक पुग्दै गर्दा विस्फोट भयो।’

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा आक्रमणपछिको बिनास र धुवाँ स्पष्ट देखिन्छ। भिडियो विश्लेषणले इजरायली मिसाइल प्रहार पुष्टि गर्छ ।

गाजाको उत्तर र मध्य भागलाई खाली गराउने उद्देश्यसहित इजरायली सेनाले पछिल्ला केही दिनयता हवाई आक्रमण तीव्र पारेको छ । यस्तो बेला जब अन्तर्राष्ट्रिय समुदाय (विशेषतः अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघ) ले इजरायलमाथि युद्धविरामको दबाब दिइरहेका छन्, त्यहीबीचमा यो क्याफे आक्रमण भएको हो ।

गत जनवरी १९ मा लागू गरिएको युद्धविराम मार्च महिनामा समाप्त भएपछि इजरायलले पुनः आक्रमण सुरु गरेको हो । त्यसयता राहत, औषधि र मानवीय सहायता पुर्‍याउन समेत कठिनाइ भएको थियो । ११ सातासम्म राहत प्रवेश रोकिएको अन्तर्राष्ट्रिय निकायहरूले उल्लेख गरेका छन् ।

हालसम्म पनि इजरायलले गाजामाथि आक्रमण जारी राखिरहेको छ, जसको चर्को आलोचना भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP