मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल फेरी पक्राउ

2.5K
SHARES
‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल फेरी पक्राउ

काठमाडौं । बहुचर्चित ‘काठमाडौं भ्यू टावर’ निर्माणका ठेकेदार तथा व्यवसायी मनोज भेटवाल पक्राउ फेरी परेका छन् । उनलाई शुक्रबार दिउँसो काठमाडौँको अनामनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्, जसले पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’को जिम्मा लिएका थिए । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार, उनको नाममा १० करोड रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

यसअघि पनि भेटवाल पटक–पटक आर्थिक अपचलन र बैंकिङ कसुरका अभियोगमा पक्राउ परिसकेका छन् । उनीमाथि चेक बाउन्स तथा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा संलग्न रहेको भनिएको वित्तीय घोटालामा संलग्नताको आरोप लाग्दै आएको छ । पछिल्ला पाँच वर्षमा उनी चार पटक पक्राउ परिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १३, शुक्रबार ०६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP