मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रसिद्धको अविजित अर्धशतकले दिलायो नेपाललाई विजयी सुरुवात

3.4K
SHARES
प्रसिद्धको अविजित अर्धशतकले दिलायो नेपाललाई विजयी सुरुवात

काठमाडौं । एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै पहिलो खेलमा सहज जीत निकालेको हो ।

पहिले ब्याटिङ गरेको सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका ओपनर प्रसिद्ध जैसी नटआउट रहँदै ५५ रनको महत्वपूर्ण अर्धशतक बनाए भने रौनक श्रीवास्तवले ४० रन जोड्दै जितमा सशक्त योगदान दिए ।

बलिङमा कप्तान विपिनको प्रभावशाली प्रदर्शन

खेलको सुरुवातमै सिंगापुरलाई दबावमा राख्न सफल नेपालका बलरहरूमध्ये कप्तान विपिन प्रसाद शर्मा अग्रपङ्तिमा रहे । उनले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए । अर्का प्रभावशाली बलर सचिन भट्टले ६.१ ओभरमा २ मेडन राख्दै ३ विकेट हात पार्दा सिंगापुरको पारी ३६.१ ओभरमै १३८ रनमा समेटिएको थियो ।

नेपालका लागि अभय यादव र शुभम खनाले पनि समान १–१ विकेट लिएर टिमलाई सहयोग पुर्‍याए ।

सिंगापुरका ब्याट्सम्यानहरूमध्ये कप्तान रियान नइकले ५३ रन बनाए भने ओपनर आहान भुथानदमले ३८ रनको योगदान दिए । तर बाँकी ब्याट्सम्यानहरू नेपालका बलरहरूसामु टिक्न सकेनन् ।

नेपालले अब दोस्रो खेल मंगलबार जापानसँग खेल्नेछ। पहिलो खेलमा जित निकाल्दै उत्साहित बनेको नेपाली टोलीले जापानविरुद्ध पनि विजय यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ८, आईतवार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP