मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भुटानबाट स्वदेश फर्कियो यू–२० महिला फुटबल टोली

2.5K
SHARES
भुटानबाट स्वदेश फर्कियो यू–२० महिला फुटबल टोली

काठमाडौं । एएफसी यू(२० महिला एसियन कप छनोटको यात्रा समाप्त गर्दै नेपाली महिला फुटबल टोली सोमबार भुटानबाट स्वदेश फर्किएको छ ।

अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग ११–० को ठूलो अन्तरको हार बेहोरेको थियो । थिम्पुको चाङलिमिथाङ स्टेडियममा भएको उक्त खेलमा उत्तर कोरियाले पहिलो र दोस्रो हाफमा क्रमशः ५ र ६ गोल गर्दै सहज जित हात पार्‍यो ।

छनोट चरणमा नेपालले ३ खेल खेलेर जम्मा ४ अंक मात्र बटुल्न सक्यो । पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जित निकालेको थियो । तर बलियो उत्तर कोरियासँगको अन्तिम भिडन्तमा भने टोली पूर्ण रूपमा दबिन पुग्यो ।

समूह ‘ए’ मा रहेका उत्तर कोरियाले तीनै खेल जित्दै ९ अंकका साथ समूह विजेता बनेर आगामी वर्ष थाइल्याण्डमा हुने एसियन कपका लागि टिकट कटायो । नेपाल भने समूह चरण पार गर्न असफल रह्यो ।

यद्यपि, प्रशिक्षक तथा टोली व्यवस्थापनले अनुभवलाई सकारात्मक रूपमा लिँदै युवा खेलाडीहरूको प्रदर्शनले भविष्यका प्रतियोगितामा राम्रो सम्भावना देखाएको बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP