मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिदेशीय टी–२० अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल, नेदरल्यान्ड्समाथिको शानदार जितपछि शृंखला कब्जाको लक्ष्य

2.4K
SHARES
त्रिदेशीय टी–२० अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल, नेदरल्यान्ड्समाथिको शानदार जितपछि शृंखला कब्जाको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ । पछिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आजको खेल जित्दै उपाधि आफ्नो नाम गर्न चाहन्छ ।

बिहीबार राति सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो । यस जितसँगै नेपाल चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले डच टोलीलाई २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रनमै सीमित गर्‍यो । जवाफमा १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमै ४ विकेट गुमाएर पुरा गर्‍यो ।

ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा ६ चौकाको मद्दतमा ६५ रन बनाए । आरिफ शेखले ३९ रनको योगदान गर्दा भिम सार्कीले २७ रन बनाए । अन्तिमतिर दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन र लोकेश बमले अविजित १२ रन जोडे ।

नेदरल्यान्ड्सका बलरहरू मध्ये बेन फ्लेचर, आर्यन दत्त, ज्याक कासे र भान डर मेर्वेले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रन बनाएका थिए भने भान डर मेर्वे ३६ रनमा अविजित रहे ।

नेपालका बलिङतर्फ करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २ विकेट लिए । अन्य चार बलर – ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

पहिलो खेलमा सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार बेहोरेको नेपालले बिहीबारको जितसँगै त्यो हारको बदला पनि चुकाएको छ ।

अब आजको खेलमा नेपाल स्कटल्यान्डलाई हराउन सके शृंखलाको विजेता बन्नेछ। डबल राउन्ड रोविन फर्म्याटमा भइरहेको शृंखलामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP