मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युरोपेली छनोटमा बेल्जियमको रोमाञ्चक जित

3.4K
SHARES
युरोपेली छनोटमा बेल्जियमको रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ को युरोपेली छनोट अन्तर्गत समूह जेमा बेल्जियमले वेल्सविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ ।

गएराति सम्पन्न खेलमा बेल्जियमले वेल्सलाई ४–३ को झिनो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातमै धमाकेदार प्रदर्शन गर्दै बेल्जियमले पहिलो ३० मिनेटमै ३–० को अग्रता बनाएको थियो ।

रोमेलु लुकाकुको सुरुवाती गोलपछि युरि टिलेमान्स र जेरेमी डोकुले गोल थप्दै बेल्जियमलाई मजबुत स्थितिमा पुर्‍याए । तर त्यसपछि वेल्सले सानदार पुनरागमन गर्दै खेल ३–३ मा ल्यायो। दोस्रो हाफमा वेल्सका लागि ड्यानियल विल्सनले पेनाल्टीमार्फत गोल गरे भने सोर्बा थोमस र ब्रेना जोन्सनले थप गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर ८८औँ मिनेटमा बेल्जियमका स्टार खेलाडी केभिन डि ब्रुइनले निर्णायक गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।

समूह जेको अंक तालिकामा हाल उत्तरी मेसोडेनिया ८ अंकसहित शीर्ष स्थानमा छ । चार खेलबाट ७ अंक बटुलेको नर्वे दोस्रो स्थानमा रहँदा, दुई खेल खेलेको बेल्जियम ४ अंकसहित तेस्रो स्थानमा छ। काजकिस्तान ३ खेलमा ३ अंकसहित चौथो स्थानमा रहेको छ ।

सोमबार भएको अर्को खेलमा उत्तरी मेसोडेनियाले काजकिस्तानलाई १–० ले हराएको थियो । उक्त खेलको एक मात्र गोल ३३ औँ मिनेटमा ट्राभ्सकोस्कीले गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २७, मंगलवार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP