मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल मिनी अक्सनः आठ टोलीद्वारा ३७ खेलाडी अनुबन्ध

2.4K
SHARES
एनपीएल मिनी अक्सनः आठ टोलीद्वारा ३७ खेलाडी अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीमध्येबाट यी खेलाडी छानिएका हुन् ।

पहिलो चरणमै आठ टोलीले २६ खेलाडी भित्र्याए भने बाँकी ११ खेलाडीलाई ‘विस लिस्ट’बाट अनुबन्ध गरियो । ‘ए’ श्रेणीका चार खेलाडी (देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफ) लाई जनही १५ लाख रुपैयाँमा किनेका छन् । यीमध्ये देव र अर्जुन चितवन राइनोजमा, आदिल काठमाडौं गोर्खाजमा र पवन कर्णाली याक्समा खेल्ने भएका छन् । चारै खेलाडीका लागि एकभन्दा बढी टोली इच्छुक भएकाले ‘लक्की ड्र’ मार्फत टिम तोकिएको हो ।

त्यसैगरी ‘बी’ श्रेणीमा दिलीप नाथ र शेर मल्ल (लुम्बिनी लायन्स), हेमन्त धामी (सुदूरपश्चिम रोयल्स), सूर्य तामाङ (विराटनगर किङ्ग्स), सन्तोष यादव (काठमाडौं गोर्खाज) र युवराज खत्री (कर्णाली याक्स) जनही १० लाखमा अनुबन्ध भए । मयन यादव (जनकपुर बोल्ट्स) ७ लाख ७५ हजार र आकाश त्रिपाठी (काठमाडौं गोर्खाज) ७ लाखमा गएका छन् ।

‘सी’ श्रेणीमा ५ लाखमा शङ्कर राना, नारायण जोशी, साहिल पटेल (विराटनगर किङ्ग्स), अर्जुन कुमाल (पोखरा एभेन्जर्स), विशाल पटेल, दुर्गेश गुप्ता (लुम्बिनी लायन्स), आदित्य महता, विकास आग्री (जनकपुर बोल्ट्स), विपिन रावल (चितवन राइनोज) र दिपक बोहरा, मिलन बोहरा (सुदूरपश्चिम रोयल्स) अनुबन्ध भए । उत्तम थापा मगरलाई काठमाडौं गोर्खाजले ३ लाखमा लिएको छ ।

२ लाखमा टेकबहादुर रावत, दीपेन्द्र थापा (सुदूरपश्चिम), सन्दीप खत्री क्षेत्री, अभिषेक तिवारी, कृष्ण पौडेल (पोखरा), सचिन भट्ट (जनकपुर), तुलबहादुर थापा (काठमाडौं), इमरान शेख, दीपक डुम्रे (कर्णाली), आदिल खान (लुम्बिनी), श्रवण किस्कु (विराटनगर), विपिन आचार्य र रञ्जित कुमार (चितवन) अनुबन्ध भए ।

अक्सनमा कुल १५० खेलाडी सहभागी थिए । दर्ता भएका ४५८ मध्ये १५० जनालाई मात्र छनोट गरिएको थियो । मूल्य सीमा ‘ए’ श्रेणीमा १०–१५ लाख, ‘बी’ श्रेणीमा ५–१० लाख र ‘सी’ श्रेणीमा २–५ लाख तोकिएको थियो ।

यससँगै आठ टोलीमा ८८ नेपाली खेलाडीको सूची पूरा भएको छ । अब हरेक टोलीले कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछ ।

आठ टोलीको खेलाडी सूची
जनकपुर बोल्ट्सः आसिफ शेख (मार्की), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापा मगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री ।

सुदूरपश्चिम रोयल्सः दिपेन्द्रसिंह ऐरी (मार्की), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेकबहादुर रावत, दिपेश थापा, दीपक बोहरा, मिलन बोहरा ।

कर्णाली याक्सः सोमपाल कामी (मार्की), गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे, युवराज खत्री ।

चितवन राइनोजः कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, बिपिन रावल, विपिन आचार्य, रञ्जित कुमार ।

काठमाडौं गोर्खाजः करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल आलम ।

विराटनगर किङ्ग्सः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शङ्कर राना ।

पोखरा एभेन्जर्सः कुशल भुर्तेल (मार्की), दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, तृतराज दास, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री ।

लुम्बिनी लायन्सः रोहित पौडेल (मार्की), सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम, दिनेश अधिकारी, दिलिप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता, आदिल खान ।

खर्चतर्फ चितवन राइनोज सबैभन्दा अगाडि रहे, जसले ३९ लाख खर्च गरेको छ । त्यसपछि काठमाडौं गोर्खाज (३७ लाख), लुम्बिनी लायन्स (३२ लाख), कर्णाली याक्स (२९ लाख), विराटनगर किङ्ग्स (२७ लाख), सुदूरपश्चिम रोयल्स (२४ लाख), जनकपुर बोल्ट्स (१९ लाख ७५ हजार) र पोखरा एभेन्जर्स (११ लाख) रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP