मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

156
SHARES
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा देशभरको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका अधिकांश स्थानमा आंशिक बादल लाग्नेछ भने हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । अन्य क्षेत्रमा भने मौसममा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।

यसैबीच, बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’का कारण नेपालमा उल्लेखनीय मौसमी प्रभाव पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । चक्रवातको अवस्थाबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले यसको सम्भावित प्रभावबारे जानकारी दिएको हो ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा अन्य तथ्याङ्कको विश्लेषण गर्दा आइतबार बिहान ११ः४५ बजे दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ विकसित भएको थियो ।

यो प्रणाली सोमबार मध्यपश्चिम बंगालको खाडीमा थप शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ । त्यसपछि प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार चक्रवात कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रअन्तर्गत नेल्लोर र नरसापुरबीचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।

चक्रवातको विकास र त्यसको सम्भावित मार्गलाई ध्यानमा राख्दै महाशाखाले यसको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ । यद्यपि, हालको आँकलनअनुसार यस प्रणालीका कारण नेपालमा उल्लेखनीय मौसमी प्रभाव पर्ने देखिएको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १७, सोमबार ००:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP