मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

273
SHARES
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । उनले नै ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्नेछिन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यता, राष्ट्रियसभाको बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस हुने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यससँगै आज सङ्घीय संसद्का दुवै सदनमा विभिन्न विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्ने भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १, सोमबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP