मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन स्वच्छ बनाउन आचारसंहिता लागू हुने तयारी

715
SHARES
निर्वाचन स्वच्छ बनाउन आचारसंहिता लागू हुने तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने अन्तिम चरणको तयारी पूरा गरेको छ । आयोगका अनुसार आगामी माघ ३ गतेदेखि आचारसंहिता कार्यान्वयनमा ल्याइनेछ ।

आयोगले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धी हालसम्मको प्रगति विवरण प्रधानमन्त्री सुशीला कार्कीलाई अवगत गराएको छ । निर्वाचन तयारी, सामग्री छपाइ, जनशक्ति व्यवस्थापनलगायत विषयमा आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहितामा सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको छ । यसले निर्वाचन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

आयोगको बुझाइमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र सम्बन्धित सबै निकायको सक्रिय भूमिका अत्यन्त आवश्यक छ । आचारसंहिता कडाइका साथ पालना गरिएमा निर्वाचनको विश्वसनीयता थप मजबुत हुने आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २६, शनिबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP