मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु

507
SHARES
मौसम पूर्वानुमान: पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसम बदली रहने तथा केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्नेछ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्न सक्ने भएकाले दैनिक जनजीवन तथा सडक यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १६, शुक्रबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP