मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंका होटल–रेस्टुरेन्टमा छुट्टै धुम्रपान क्षेत्र अनिवार्य, उल्लंघन गरे कारबाही हुने

169
SHARES
काठमाडौंका होटल–रेस्टुरेन्टमा छुट्टै धुम्रपान क्षेत्र अनिवार्य, उल्लंघन गरे कारबाही हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले होटल तथा रेस्टुरेन्टहरूमा धुम्रपानका लागि छुट्टै र व्यवस्थित स्थानको व्यवस्था गर्न निर्देशन दिएको छ । बुधबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै प्रशासनले सार्वजनिक स्थानमा जथाभावी धुम्रपान गरिँदा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।

प्रशासनका अनुसार होटल तथा रेस्टुरेन्टमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थको अव्यवस्थित प्रयोग भइरहेको तथा विद्यमान कानुनी व्यवस्था पालना नभएको भन्दै कार्यालयमा विभिन्न गुनासा प्राप्त भएका छन् । त्यसैले सबै व्यवसायीलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको हो ।

सूचनामा धुम्रपान गर्न पाइने र नपाइने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्ने उल्लेख गरिएको छ । साथै धुम्रपान गर्ने क्षेत्र चारैतिरबाट बन्द हुने गरी बनाउनुपर्ने र त्यसको धुवाँ वा असर अन्य ग्राहक वा कर्मचारीसम्म नपुग्ने व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित जारी सूचनामा यस निर्देशनको कार्यान्वयन भए–नभएको अनुगमन गरिने र कानुन विपरीत काम गर्ने होटल तथा रेस्टुरेन्टमाथि सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा १७ बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २०, बुधबार १२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP