मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा आज बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

143
SHARES
प्रतिनिधिसभा आज बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा विभिन्न विधेयक तथा शोक प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय गरिएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई विस्तृत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् ।

त्यसैगरी, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैबीच, आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ । समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने सचिवालयले जनाएको छ ।

आजका संसदीय गतिविधि अर्थसम्बन्धी कानुनी संशोधन प्रक्रिया अघि बढाउने तथा सङ्घीय शासन प्रणालीमा विधायिकी अभ्यासबारे छलफल केन्द्रित रहने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १४, बिहीबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP