मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जिफन्ट उपाध्यक्ष कमल गौतमको भाषणकै बीचमा निधन

1.4K
SHARES
जिफन्ट उपाध्यक्ष कमल गौतमको भाषणकै बीचमा निधन

रुपन्देही । नेपाल विद्युत प्राधिकरणको विद्युत कटौतीविरुद्धको विरोध कार्यक्रममा सहभागी भइरहेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको भाषणकै क्रममा निधन भएको छ ।

भैरहवास्थित विद्युत कार्यालय अगाडि आक्रोशपूर्ण भाषण दिइरहेका बेला अचानक ढलेका गौतमलाई तत्काल मणिग्रामको क्रिमसन अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिएका छन् ।

६२ वर्षीय गौतम केही दिनअघि मात्रै काठमाडौंबाट बुटवल आएका थिए । बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घको बैठकमा उनले आन्दोलनलाई संस्थागत रूपमा अघि बढाउने घोषणा गरेका थिए ।

विरोध कार्यक्रममा उनी सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर संघर्ष गर्न आह्वान गरिरहेका थिए । ‘श्रमिकहरूको अधिकार गुम्न दिनु हुँदैन’ भन्दै गर्दा उनको बोली लरबरियो र केही क्षणमै उनी मञ्चमै ढलेका थिए ।

उनीलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन । बुटवलको लक्ष्मीनगर निवासी गौतम श्रमिक आन्दोलनका सक्रिय अभियन्ता मानिन्थे ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ०८:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP