मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

377
SHARES
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली देखिएको छ । यीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान छ । हिमाली भूभागका थोरै स्थानमा तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ । यस्तै कोशी र सुदूरपश्चिमका तराईका केही स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

रातिको समयमा विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भू–भागमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १४, बिहीबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP