मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरीमा ६ एसएसपी दरबन्दी रिक्त, बढुवा प्रतिस्पर्धा चर्कियो

832
SHARES
प्रहरीमा ६ एसएसपी दरबन्दी रिक्त, बढुवा प्रतिस्पर्धा चर्कियो

काठमाडौं । नेपाल प्रहरीमा हाल ६ वटा वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त छन् । हालै पाँच एसएसपीलाई डिआईजी बढुवाका लागि सिफारिस गरिएको र अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि यी दरबन्दी खाली भएका हुन् ।

डिआईजी बढुवाका लागि भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेको नाम सिफारिस भएसँगै पाँच पद खाली भएका थिए । बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी रानाभाटले राजीनामा दिएपछि रिक्त संख्या ६ पुगेको हो ।

बढुवा सिफारिस समितिले नयाँ एसएसपी चयनका लागि गृहकार्य सुरु गरेको छ । बढुवा सिफारिस भएका डिआईजीहरूले दर्ज्यानी चिह्न लगाएपछि र रानाभाटको राजीनामा स्वीकृत भएपछि बढुवा प्रक्रिया अघि बढाइने भएको छ ।

बढुवा सूचीको अग्रपंक्तिमा बिमल बस्नेत छन्, जो २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेर पछि प्रहरीमा स्थानान्तरण भएका थिए । उनी अघिल्ला बढुवाहरूमा पटकपटक छुट्दै आएका छन् । गत साउनमा बढुवामा नाम छुटेपछि उनले प्रहरी नियमावली २०७१ अनुसार उजुरीसमेत दिएका थिए ।

छानबिनपछि उनको उजुरी पुष्टि नभए पनि नियमअनुसार उनको कार्यसम्पादन मूल्यांकनबाट २ अंक कटाइएको छ । अंक कटाइका कारण उनी यसपटक बढुवामा पर्छन् वा फेरि छुट्छन् भन्ने विषय पेचिलो बनेको छ ।

बस्नेतपछि दोस्रो नम्बरमा रामप्रकाश शाह प्रतिस्पर्धामा छन् । शाह पनि राष्ट्रिय अनुसन्धान विभागबाट २०५५ सालमा प्रहरी सेवामा आएका हुन् ।

त्यसपछि २० माघ २०७७ मा एसपी बनेका अधिकृतहरू पनि बढुवाको दौडमा छन् । तीमध्ये भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् ।

यी मध्येबाट ६ जना मात्र एसएसपीमा बढुवा हुनेछन्, बाँकी भने एसपीमै रहनेछन् । बढुवा प्रतिस्पर्धा यसपटक अत्यन्त कडा हुने अनुमान प्रहरी स्रोतले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार १०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP