मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

312
SHARES
महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न आरोपमा प्रहरीले थप पाँच जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले महाराजगन्जमा कार्यरत असई राय र जवान थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।

यसअघि सो घटनामा संलग्न रहेकामा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होमप्रसाद पौडेल र टिकाराम विकलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

अनुसन्धानअनुसार काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भई चन्द्रागिरी बस्ने २१ वर्षीय सोनाम तामाङले जवान उत्तम थापालाई कुटपिट गरी हत्या गरेका थिए ।

त्यसैगरी, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० घर भई बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई मिलन रायको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार हाल पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान पूरा गरी पूरक प्रतिवेदन अदालतमा पेस गर्ने तयारी भइरहेको छ ।

प्रहरीले सुमित तितुङ र दीपक मगरलाई असार ३१ गतेदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने अन्य तीन जना कात्तिक ३ गते पक्राउ परेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ९, आईतवार ०६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP