मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लाहिरु जनकपुर बोल्ट्समा दोस्रो सिजनका लागि अनुबन्धित

884
SHARES
लाहिरु जनकपुर बोल्ट्समा दोस्रो सिजनका लागि अनुबन्धित

काठमाडौं । अमेरिकन क्रिकेटर लाहिरु मिलान्था आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले शुक्रबार मिलान्थासँग पुनः अनुबन्ध गर्दै यो सिजनका लागि टोली सुदृढ पारेको घोषणा गरेको हो ।

श्रीलंकन मूलका मिलान्था एक समय श्रीलंका ‘ए’ र इमर्जिङ टिमका सदस्य समेत रहिसकेका क्रिकेटर हुन् । पछिल्ला वर्षमा उनी अमेरिकामै घरेलु प्रतियोगिताहरू खेल्दै आएका छन् ।

मिलान्था नेपाली क्रिकेटप्रेमीहरूका लागि नयाँ नाम होइन । तीन वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । सो प्रतियोगितामा उनले १२२ को स्ट्राइक रेटसहित ३४९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थान हासिल गरेका थिए । फाइनलमा उनले ४१ रन बनाएर टोलीलाई च्याम्पियन बनाउन सहयोग गरेका थिए ।

जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठका अनुसार मिलान्थासँगको अनुबन्ध टोलीको लागि एक रणनीतिक निर्णय हो । श्रेष्ठले भने, “लाहिरु मिलान्थासँग नेपालमा खेल्ने अनुभव छ, जसले उनलाई यहाँको वातावरण र प्रशंसकहरूको अपेक्षाबारे राम्रो बुझाइ दिएको छ । हामी विश्वस्त छौं, उनले त्यो अनुभव र कौशललाई एकीकृत गर्दै एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।”

यस सिजनमा जनकपुर बोल्ट्सको मार्की खेलाडी आसिफ शेख रहेका छन् । टोलीका मुख्य प्रशिक्षक पूर्व नेपाली कोच पुबुदु दासानायके हुन् भने सहायक प्रशिक्षकको भूमिकामा मनोज कटुवाल रहेका छन् ।

जनकपुर बोल्ट्सले आगामी एनपीएल सिजनमा उपाधि लक्ष्य राखेको र टोलीले केही अन्य विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी समेत गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार १०:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP