मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यू–१९ एसिया कप: नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

1.7K
SHARES
यू–१९ एसिया कप: नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

काठमान्डु । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले श्रीलंकासँग ८ विकेटको हार बेहोरेको छ । दुबईस्थित द सेभेन्स रङ्गशालामा सम्पन्न खेलमा नेपालले दिएको ८३ रनको सामान्य लक्ष्य श्रीलंकाले सजिलै पूरा गरेको हो ।

लक्ष्य पछ्याएको श्रीलंकाले १४।५ ओभरमै दुई विकेट मात्र गुमाउँदै जित हात पार्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८।५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमै सीमित भयो ।

समूह ‘बी’ मा रहेको नेपालले अब आगामी सोमबार बङ्गलादेशसँग दोस्रो खेल खेल्नेछ । मङ्सिर २६ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २७, शनिबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP