मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसिया कप क्रिकेटमा आज भारत–पाकिस्तान भिडन्त

2.1K
SHARES
एसिया कप क्रिकेटमा आज भारत–पाकिस्तान भिडन्त

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । समूह ‘ए’को यो खेललाई निकै रोचक रूपमा हेरिएको छ ।

समूह चरणमा एक–एक खेल खेलिसकेका दुवै टिमले दुई–दुई अंक जोडेका छन् । तर, रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो । पाकिस्तानले भने ओमानमाथि ९३ रनको फराकिलो जित दर्ता गरेको थियो ।

भारत र पाकिस्तानबीचको खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुनेछ ।

यसपटकको एसिया कपमा दुई समूहमा विभाजन गरिएका आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP