मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलः पहिलो खेल गोलरहित बराबरीमा समाप्त

2K
SHARES
नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबलः पहिलो खेल गोलरहित बराबरीमा समाप्त

काठमाडौं । दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ । खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरे तापनि कुनै टोलीले बललाई जाली चुमाउन सकेनन् ।

दुबै पक्षले खेलको अवधिभर केही राम्रा अवसरहरू सृजना गरे । बंगलादेशले पहिलो हाफमा आक्रामक खेल प्रस्तुत गर्दै केही खतरनाक मूव बनायो भने, नेपालले दोस्रो हाफमा केही दबाब सिर्जना गर्न सफल भयो । तर, दुवै टोलीको फिनिसिङ कमजोर देखिएकोले निर्णायक गोल हुन सकेन ।

फिनिसिङमा कमजोरी
खेल अवधिभर नेपाली टिमले बल पोजेसनमा केही सुधार देखाए पनि गोलपोस्ट अगाडि प्रभावशाली प्रदर्शन गर्न सकेन । बंगलादेशले पनि तीव्र काउन्टर अट्याकहरू गरे तापनि अन्तिम पास र शटमा सन्तुलन ल्याउन असफल भयो । दुवै टोलीको गोलकिपरले केही राम्रो बचत गरे तापनि निर्णायक मोमेंटमा फारवर्डहरूले चुक्दै गोलको अवसर गुमाए ।

दोस्रो खेल निर्णायक हुने
अब नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलबार हुनेछ । एन्फाका अनुसार, यदि सो खेलमा पनि बराबरीको नतिजा आयो भने खेल पेनाल्टी सुटआउटमा जानेछ । समग्र दुई खेलको नतिजाका आधारमा विजेता टिमलाई ट्रफी प्रदान गरिने बताइएको छ ।

नेपालको लागि यो मैत्रीपूर्ण श्रृंखला आगामी प्रतियोगिताहरूको तयारीको रुपमा हेरिएको छ। प्रशिक्षक र खेलाडीहरूका लागि यो अवसर टिमको समन्वय सुधार गर्ने सुनौलो मौका हो। अब सबैको ध्यान मंगलबारको खेलतर्फ केन्द्रित हुनेछ, जहाँ दुवै टोली विजयी बन्न लागि पर्नेछन्।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार १४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP