मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म लम्ब्याइयो

2.5K
SHARES
वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म लम्ब्याइयो

वीरगञ्ज । वीरगञ्जमा जारी कर्फ्यु आदेश दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ । सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव र झडपको अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्युको समयावधि बढाएर दिउँसो १ बजेसम्म पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बसपार्क, नगवा र इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको जानकारी दिए। कर्फ्यु अवधिमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रशासनले कर्फ्युको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ । यदि बाहिर निस्कनै परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा आपतकालीन नम्बर १०० मा फोन गरी अनुमति लिएर मात्र निस्कन आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २२, मंगलवार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP