मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेनाल्टीमा टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो सुपर कप

2K
SHARES
पेनाल्टीमा टोटनह्यामलाई हराउँदै पीएसजीले जित्यो सुपर कप

काठमाडौं । टोटनह्यामलाई टाइब्रेकरमा पराजित गर्दै पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले यूईएफए सुपर कपको उपाधि आफ्नो बनाएको छ ।

गएराति सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र इन्ज्युरी समय मिलाएर दुवै टोली २–२ को बराबरीमा रोकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भयो । पेनाल्टीमा नुनो मेन्डेजको निर्णायक गोलसँगै पीएसजी ४–३ को जितसँग उपाधि उचाल्न सफल भयो ।

खेलको पहिलो हाफमा गोलका लागि संघर्षरत पीएसजी दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । टोटनह्यामले ३९औं मिनेटमा भान डे भेनको गोलमार्फत अग्रता लिएको थियो भने ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले त्यो अग्रता दोब्बर पारे ।

८४औं मिनेटसम्म २–० ले अघि रहेको टोटनह्याम ८५औं मिनेटमा लि काङ यीको गोलबाट दबाबमा पर्यो । त्यसपछि इन्ज्युरी समयको चौथो मिनेटमा वैकल्पिक खेलाडीको रूपमा ७७औं मिनेटमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए ।

पेनाल्टीमा पराजय भोगेसँगै टोटनह्यामले तीन महिनाभित्र लगातार दोस्रो युरोपियन उपाधि जित्ने सुनौलो अवसर गुमायो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP