मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडे

2K
SHARES
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवा छाडे

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा छाडेका छन् । प्रहरी सहायक हवल्दारको पदमा कार्यरत ऐरीले केही दिनअघि राजीनामा दिएका हुन्, जुन स्वीकृत भइसकेको प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० विनोद घिमिरेले पुष्टि गरेका छन् ।

दीपेन्द्रले २०७३ सालमा प्रहरी जवानका रूपमा सेवा सुरु गरेका थिए । सात वर्षपछि, १९औँ एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई विशेष बढुवासहित सहायक हवल्दार बनाइएको थियो । उनले असोज २०८० मा उक्त पदमा पदोन्नति पाएका थिए । तर, बढुवा भएको दुई वर्ष पनि नपुग्दै उनले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।

ऐरीले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए । उनको नेतृत्वमा क्लबले थुप्रै प्रतियोगितामा सफलता हासिल गर्दै बलियो उपस्थिति बनाएको छ ।

एशियाडमा टि–२० क्रिकेट खेल्दा ऐरीले लगातार ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरेका थिए, जसपछि उनी प्रहरी संगठनभित्र पनि चर्चाको केन्द्र बनेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार १०:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP