मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युरो २०२५ को ड्र सार्वजनिक : समूह विभाजन पूरा

1.6K
SHARES
युरो २०२५ को ड्र सार्वजनिक : समूह विभाजन पूरा

काठमाडौं । आउँदो वर्ष स्वीट्जरल्याण्डमा आयोजना हुने युरो २०२५ का लागि समूह विभाजनको ड्र सार्वजनिक भएको छ। सार्वजनिक ड्रअनुसार फ्रान्स र नेदरल्यान्ड्स रहेको समूहमा इङ्गल्यान्ड र वेल्स परेका छन्।

सोमबार घोषणा भएको ड्रअनुसार समूह ‘ए’मा आयोजक स्वीट्जरल्याण्डसँगै नर्वे, आयरल्यान्ड र फिनल्यान्ड परेका छन्। समूह ‘बी’मा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली भिड्ने भएका छन्।

त्यस्तै, समूह ‘सी’मा जर्मनी, पोल्यान्ड, डेनमार्क र स्विडेन छन्। समूह ‘डी’लाई निकै प्रतिस्पर्धात्मक मानिएको छ, जहाँ फ्रान्स, इङ्गल्यान्ड, वेल्स र नेदरल्यान्ड्स एकअर्काको सामना गर्नेछन्।

इङ्गल्यान्डकी मुख्य प्रशिक्षक वेगनले समूह ‘डी’लाई रोमाञ्चक भएको बताउँदै, “विश्व फुटबलमा सन् २०२२ पछि धेरै नयाँ परिवर्तनहरू आएका छन्। यस समूहका खेलहरू निकै प्रतिस्पर्धात्मक हुनेछन्,” भन्दै टिप्पणी गरिन्।

समूह चरणका खेलहरू जुलाई २ देखि ५ सम्म सञ्चालन हुनेछ। दोस्रो चरणका खेलहरू जुलाई ६ देखि ९ सम्म र तेस्रो चरणका खेलहरू जुलाई १० देखि १३ सम्म खेलिनेछन्।

क्वार्टर फाइनल चरण जुलाई १६ देखि १९ सम्म हुनेछ भने सेमिफाइनल खेलहरू जुलाई २२ र २३ मा हुनेछन्। उपाधिका लागि फाइनल खेल जुलाई २७ मा हुनेछ।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष २, मंगलवार ०५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP