मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

1.3K
SHARES
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले नेपालका पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । तर, अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा सामान्य बदली रहनेछ । साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि बादल लाग्ने सम्भावना छ । अन्य क्षेत्रका पहाड तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने र तातो दिनको अनुभव हुन सक्ने जनाइएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ । ती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP