मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा

520
SHARES
संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक आज साँझ ५ः०० बजेका लागि बोलाएका छन् । न्यायपालिकाको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउने उद्देश्यसहित बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार सर्वोच्च अदालतको नेतृत्वसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर परिषद् बैठक तय गरिएको हो । पछिल्लो समय प्रधानन्यायाधीश नियुक्तिको विषय लामो समयदेखि टुंगो नलाग्दा न्यायिक क्षेत्रमै चासो बढिरहेको छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनअघि मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ कानुनी व्यवस्थाअनुसार अब परिषद्को बैठक सञ्चालनका लागि ६ सदस्यीय परिषद्मध्ये कम्तीमा चार जना उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ । साथै, कुनै निर्णय पारित गर्न तीन सदस्यको समर्थन पर्याप्त हुने व्यवस्था गरिएको छ ।

नयाँ अध्यादेश जारी भएसँगै संवैधानिक नियुक्तिसम्बन्धी प्रक्रिया सहज बनाउने सरकारको प्रयासका रूपमा यसलाई हेरिएको छ । विगतमा आवश्यक सदस्य उपस्थित नहुँदा परिषद्का बैठक पटक–पटक प्रभावित हुँदै आएका थिए ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ । परिषद्मा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था गरिएको छ ।

हाल परिषद्मा प्रधानमन्त्री शाहसँगै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्यका रूपमा रहेका छन् । प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा बैठकमा सहभागी हुने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २४, बिहीबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP