मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको आधिकारिकता देउवा नेतृत्वमै रहेको कोइरालाको दाबी

806
SHARES
कांग्रेसको आधिकारिकता देउवा नेतृत्वमै रहेको कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिनै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गरेका छन् । निर्वाचन आयोगमा आधिकारिकता सम्बन्धी कागजात बुझाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै पुगेका नेता कोइरालाले पार्टीभित्र देखिएको विवादलाई विधानको दायराभित्रै समाधान गर्नुपर्ने बताएका छन् ।

डा. कोइरालाका अनुसार विशेष महाधिवेशनको कार्यतालिका तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै हुन्छ । कुनै एक पदाधिकारी वा समूहले मनपरी रूपमा विशेष महाधिवेशन बोलाउन नपाउने उनको स्पष्ट भनाइ थियो । उनले विधानको प्रावधान स्मरण गराउँदै केन्द्रीय समितिबाहिर गएर गरिएका गतिविधि वैधानिक नहुने संकेत गरे ।

उनले भने, “सिङ्गो केन्द्रीय समिति यहीँ छ, केही व्यक्तिहरू मात्रै अलग्गै जानुभएको हुन सक्छ । तर विधानले कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार दिएको छैन ।”

डा. कोइरालाले विशेष महाधिवेशनको माग गर्दै गरिएको हस्ताक्षर पनि पछि फिर्ता भएको भन्दै त्यसको निस्सा प्रमाणका रूपमा आफूहरूले निर्वाचन आयोगमा बुझाएको जानकारी दिए । यसले पार्टीभित्र विशेष महाधिवेशनको नाममा गरिएको गतिविधि कमजोर बन्दै गएको उनको दाबी थियो ।

कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विवाद चुलिँदै गएको सन्दर्भमा कोइरालाको यो अभिव्यक्तिलाई संस्थापन पक्षको दाबीलाई थप बल पुग्ने रूपमा हेरिएको छ । निर्वाचन आयोगले दुवै पक्षका दाबी र कागजात अध्ययन गरेपछि मात्रै औपचारिक निर्णय लिने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP