मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको निर्णय: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागिता

4.7K
SHARES
कांग्रेसको निर्णय: फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागिता

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक जटिलताको समाधान निर्वाचनमार्फत नै सम्भव हुने निष्कर्ष निकाल्दै निर्वाचनमा जाने घोषणा गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचन नै संविधानको संरक्षण, जन–जीवनसँग सम्बन्धित परिवर्तनका मागलाई संस्थागत रूपमा अघि बढाउने उपयुक्त माध्यम हो भन्ने कांग्रेसको विश्वास छ ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । तर, कांग्रेसले हालको सुरक्षा चुनौतीलाई गम्भीर रूपमा औँल्याउँदै हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो सङ्ख्यामा हातहतियार हराइरहनु र राजनीतिक दलहरूलाई कार्यक्रम सञ्चालनमा अवरोध हुनुजस्ता अवस्थाले चुनावी माहोल प्रभावित बनाइरहेको बताएको छ ।

कांग्रेसले निर्वाचनलाई विश्वसनीय, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आयोग, सरकार तथा सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । प्रवक्ता महतका अनुसार शान्ति–सुरक्षाको अवस्था सुधार, सुरक्षाकर्मीको मनोबल अभिवृद्धि तथा आम नागरिकका लागि भयमुक्त वातावरण सुनिश्चित गर्नु अत्यावश्यक छ ।

बैठकले देशलाई अहिले आवश्यक भएको विश्वास, समझदारी र सहमतिपूर्ण वातावरण निर्माणमा जोड दिँदै हिंसा, उत्तेजना र निषेधको राजनीतिबाट टाढा रहन सबै पक्षलाई आह्वान गरेको छ । पार्टीले संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

प्रवक्ता महतका अनुसार नेपाली कांग्रेसले आगामी महाधिवेशनसम्बन्धी निर्णयहरूलाई पार्टीभित्र एकता कायम राख्दै सर्वसम्मत ढंगले अघि बढाउने तयारी गरेको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ६, शनिबार १४:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP