मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसम, केही क्षेत्रमा आंशिक बदली

2K
SHARES
देशभर सामान्य मौसम, केही क्षेत्रमा आंशिक बदली

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिए पनि देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पनि यी तीन प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ, जबकि बाँकी क्षेत्रमा आकाश खुला रहने महाशाखाले जनाएको छ ।

राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका अन्य स्थानहरूमा मौसम सफै रहने पूर्वानुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP