मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश प्रदेशमा एमाले मुख्यमन्त्रीको विरोध जारी, सात दलको बुधबार पनि आन्दोलन घोषणा

1.6K
SHARES
मधेश प्रदेशमा एमाले मुख्यमन्त्रीको विरोध जारी, सात दलको बुधबार पनि आन्दोलन घोषणा

जनकपुर । मधेश प्रदेशमा नेकपा एमालेका सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्ट सात दलले बुधबार पनि आफ्नो आन्दोलन जारी राख्ने घोषणा गरेका छन् । मंगलबार राति जारी विज्ञप्तिमा उनीहरूले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई बहिष्कार गर्न तथा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउन आह्वान गरेका छन् ।

सो आह्वानपछि सोमबारदेखि नै असामान्य बनेको मधेश प्रदेशको राजधानी जनकपुरधाम आज बुधबार पनि सामान्य नहुने संकेत देखिएको छ । सात दलका अनुसार बुधबार बिहान ८ः३० बजेदेखि ‘विरोध तथा शान्तिपूर्ण आन्दोलन’ सञ्चालन गरिनेछ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले सरोजकुमार यादवलाई “असंवैधानिक रूपमा” मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात दलले यसको विरोधमा आन्दोलन थालेका हुन् । मंगलबार पनि उनीहरूले मुख्यमन्त्री नियुक्ति खारेजी तथा संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका माग राख्दै प्रदर्शन गरेका थिए ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको घटनाको सात दलले कडा शब्दमा निन्दा गर्दै दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेका छन् । साथै, आन्दोलनका क्रममा घाइते भएका कार्यकर्ताहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री यादव र मन्त्रीहरूलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेका छन् । उनीहरूले यो कदमलाई मधेश प्रदेशमा संघीयता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि आवश्यक कदम भनेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ००:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP