मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनलाइन सञ्चार सूचीकरण अब सूचना विभागमार्फत मात्र, प्रेस काउन्सिलको भूमिका समाप्त

1.5K
SHARES
अनलाइन सञ्चार सूचीकरण अब सूचना विभागमार्फत मात्र, प्रेस काउन्सिलको भूमिका समाप्त

काठमाडौं । अनलाइन सञ्चार माध्यमको सूचीकरण कार्य अब प्रेस काउन्सिल नेपालले नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी व्यवस्थाअनुसार सूचीकरणको अधिकार अब आफ्नो जिम्मेवारीमा नरहेको स्पष्ट गरेको हो ।

२०७० साल साउन १६ गतेदेखि अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्ने उद्देश्यले सूचीकरण प्रक्रिया सुरु गरेको प्रेस काउन्सिलले पछिल्ला वर्षहरूमा मापदण्ड बनाएर ३ हजार रुपैयाँ शुल्कसहित अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएको थियो । तर, हालै लागू भएको ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ र सोहीअनुसार प्रकाशित ‘छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली, २०८२’ ले अनलाइन सञ्चार माध्यमको अभिलेख तथा सूचीकरणका विषयमा काउन्सिललाई अधिकार नदिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराका अनुसार अब अनलाइन सञ्चार माध्यमको सूचीकरण सम्बन्धी सम्पूर्ण प्रक्रिया सूचना विभागमार्फत हुनेछ । उनका अनुसार कानुनी संशोधनले सञ्चार व्यवस्थापनको कार्यविभाजन स्पष्ट पारेको र प्रेस काउन्सिलको भूमिका नियमन, आचारसंहिता पालन र निगरानीमा सीमित हुने बताइएको छ ।

प्रेस काउन्सिलले सूचनामा भनिएको छ, “नयाँ ऐन र नियमावलीले अनलाइन सञ्चार माध्यमको सूचीकरण कार्य सूचना विभागको जिम्मेवारी बनाएकाले यसअघि काउन्सिलमार्फत सञ्चालन हुँदै आएको सूचीकरण सेवा अब बन्द गरिएको छ ।”

यो परिवर्तनसँगै अब नयाँ अनलाइन मिडिया दर्ता गर्न इच्छुक सञ्चारकर्मी वा संस्थाले प्रत्यक्ष रूपमा सूचना विभागमा सम्पर्क गर्नुपर्नेछ । काउन्सिलले भने अनलाइन मिडियाको सामग्री, समाचार आचारसंहिता र जिम्मेवार पत्रकारितासम्बन्धी निगरानी कार्य निरन्तर गर्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार १२:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP