मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लोबुचेमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

2.7K
SHARES
लोबुचेमा अल्टिच्युडको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान उद्धार कार्यका लागि गएको ९एन–एएमएस हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

हेलिकप्टरका क्याप्टेन विवेक खड्का दुर्घटनाबाट सकुशल रहेका छन् । उक्त हेलिकप्टरमा अन्य कुनै यात्रु थिएन । पर्यटकको उद्धारका लागि गएको हेलिकप्टर अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

लुक्लाबाट बिहान ७ बजेर ४३ मिनेटमा उडेको हेलिकप्टर बिहान ८ बजेर १५ मिनेटतिर लोबुचेमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP