मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जलेका उत्तरपुस्तिकाका कारण सीटीईभीटीको पुनः परीक्षा मंसिरदेखि

2K
SHARES
जलेका उत्तरपुस्तिकाका कारण सीटीईभीटीको पुनः परीक्षा मंसिरदेखि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका उत्तरपुस्तिकाका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पुनः परीक्षा सञ्चालन गर्ने भएको छ ।

परिषद्का प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सुरु हुनेछ । आन्दोलनका बेला प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका करिब १४ हजार ७ सय उत्तरपुस्तिका जलेर नष्ट भएका थिए ।

प्रवक्ता आचार्यका अनुसार ती उत्तरपुस्तिकाहरू डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीका थिए । परीक्षार्थीको मूल्याङ्कन प्रभावित भएपछि सीटीईभीटीले पुनः परीक्षा लिनुपर्ने निर्णय गरेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP