मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

3.6K
SHARES
देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर सामान्यतया बदलीको अवस्था देखिएको छ ।

बागमती, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । बागमती, लुम्बिनी प्रदेश र देशको पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदलीको सम्भावना छ । मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुनसक्ने देखिएको छ ।

भारी वर्षाको सम्भावना रहेको कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका बासिन्दालाई महाशाखाले बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP