मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुटपाट प्रयासमा संलग्न २१ जना पक्राउ

2.9K
SHARES
लुटपाट प्रयासमा संलग्न २१ जना पक्राउ

काठमाडौं । अराजक गतिविधि रोक्न तैनाथ नेपाली सेनाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूबाट लुटपाट प्रयासमा संलग्न २१ जनालाई पक्राउ गरेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल क्षेत्र र बौद्ध आसपास लुटपाटको प्रयासमा रहेका उनीहरूलाई गएराति नियन्त्रणमा लिइएको हो ।

दिनभर जारी विरोध प्रदर्शनपछि राति बढ्न थालेका उच्छृंखल गतिविधि रोक्न सेनालाई सक्रिय रूपमा परिचालन गरिएको थियो । राजधानीका संवेदनशील स्थानहरूमा सेना गस्तीमा खटिएको छ ।

सेनाले सर्वसाधारणलाई अराजक गतिविधि देखेमा तत्काल जानकारी दिन अनुरोध गर्दै हटलाइन नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमार्फत मेसेज पठाउन सकिने जनाएको छ ।

त्यस्तै, टोलछिमेकमा यस्ता गतिविधि देखिएमा सुरक्षाकर्मी पुग्नु अघिसम्म स्थानीयले एकजुट भई निगरानी राख्न पनि सेनाले अपिल गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०१:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP