मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवि लामिछाने प्रकरणः थुनामै राख्ने आदेशविरुद्ध उच्च अदालतमा रिट

2.8K
SHARES
रवि लामिछाने प्रकरणः थुनामै राख्ने आदेशविरुद्ध उच्च अदालतमा रिट

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । यस आदेशविरुद्ध सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता भएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि कारागारमा छन् । हाल उनी नख्खु कारागारमा छन् । यसअघि उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेको थियो ।

लामिछानेले आफू ठगी प्रकरणमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने योजना रहेको बताएका थिए । उनले साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दर्ता गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत समेत दाखिला गरेका थिए । तर अदालतले जमानत अस्वीकार गरिदियो ।

जमानत अस्वीकृत भएपछि लामिछानेकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन दर्ता गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले श्रीमानको जीवन जेलभित्र असुरक्षित रहेको र प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोष्ट्रममार्फत धम्की दिइरहेको आरोप लगाइन् ।

उनले फेसबुकमा लेखेकी छन्, “मेरो श्रीमानको जीवन सुरक्षित छैन । मैले उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएँ । न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका हरेक ढोका ढक्ढक्याउने छु ।”

निकिताले सत्ता र शक्तिको दुरुपयोग गरी झुठा मुद्दा लगाएर जेलमा राखिएको र त्यस्तो व्यक्तिलाई धम्की दिनु सरकारकै उत्तरदायित्वमा पर्ने उल्लेख गरेकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP