मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको स्पष्टिकरणः ‘विद्या भण्डारीको सदस्यता खोसेको होइन’

2.1K
SHARES
ओलीको स्पष्टिकरणः ‘विद्या भण्डारीको सदस्यता खोसेको होइन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने धारणा असत्य भएको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीको सदस्यता स्वतः नवीकरण नहुने स्पष्ट पारे । उनले भने, ‘कसैको सदस्यता खोसेको पनि छैन, खोस्नुपर्ने आवश्यकता पनि छैन । उहाँले राष्ट्रपति हुन पार्टी सदस्यता छाड्नुभएको थियो । छोडेको सदस्यता नवीकरण हुँदैन, रहेको मात्र नवीकरण हुन्छ ।’

ओलीले यस विषयमा कुनै भ्रम नपर्न आग्रह गरे । उनका अनुसार, २ पटकसम्म राष्ट्रपति भइसकेकी भण्डारीले अहिले पार्टीभित्र विवाद उत्पन्न गर्ने गतिविधि गर्नु दुःखद छ ।

‘पार्टीमा यस्तो समस्या सिर्जना गर्नुहुन्छ भन्ने कल्पनै गरेका थिइनौं,’ ओलीले भने, ‘चुनाव हारेकाहरूसँग भेला गरेर जमात खडा गर्ने, पार्टी कार्यालय खोलेर असन्तुष्टहरूको भेला गर्ने कार्य एमालेको एकतालाई कमजोर बनाउने प्रयास हो ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ६, शुक्रबार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP