मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्गा प्रसाईँको नयाँ राजनीतिक दल गठनको घोषणा

2.4K
SHARES
दुर्गा प्रसाईँको नयाँ राजनीतिक दल गठनको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले आफ्नै राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । दुई साताअघि डिल्लीबजार कारागारबाट रिहा भएका उनले सोमबार पत्रकार सम्मेलन गर्दै निकट भविष्यमा पार्टीको नामसहित औपचारिक रुपमा सार्वजनिक गर्ने बताएका हुन् ।

‘म व्यवस्थाभित्रै बसेर व्यवस्था परिवर्तन गर्ने आन्दोलन थाल्छु,’ प्रसाईंले भने, ‘राजनीतिक यात्रामा म कहिल्यै थाकेको छैन ।’ उनले भगवान् रामचन्द्रको उदाहरण कोट्याउँदै आफू सक्रिय राजनीतिमा निरन्तर लागिरहने बताए ।

पत्रकार भेटमा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाए । उनले लिङ्देनले बैंक ठगी गरेको, भारतबाट चोरीका सवारीसाधन भित्र्याएर झापामा बेचेको र सरकारसँग मिलेरे आफूलाई आक्रमण गराउने षड्यन्त्र गरेको आरोप लगाए ।

प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे पनि पहिलोपटक खुलेर बोले । उनका अनुसार तेह्र वर्षपछि आफूले गाडी चलाउँदा हमला हुन सक्ने सूचना पाएपछि प्रहरीकहाँ पुगेका थिए । ‘त्यसपछि मञ्चमा गएर प्रहरी र आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरें,’ उनले भने ।

उनले उक्त प्रदर्शनपछि उपत्यकामा कर्फ्यु जारी हुँदा आफू काठमाडौं छाडिसकेको र इन्काउन्टरको आदेशसम्म जारी भएको दाबी गरे । उनले भने, ‘यदि मदन भण्डारी जीवित हुनुभएको भए, अरू कुनै राजनीतिज्ञको मौका आउँदैनथियो, त्यसैले उहाँलाई मार्ग हटाइयो ।’

राजनीतिक दल गठन गर्न लाग्नुको मुख्य कारण भन्दै प्रसाईंले भने, ‘राजनीतिले देश बिगारेको छ, सुधार गर्ने जिम्मा हामी जस्ता सचेत नागरिकले लिनुपर्छ । मेरो परिवारभन्दा पनि नेपाल र नेपालीलाई केन्द्रमा राखेर हामी नयाँ राजनीतिक शक्ति बनाउने तयारीमा छौं ।’

उनका अनुसार दुर्गा प्रसाईं निकट अभियानकर्मी र समर्थक समूहसँग परामर्श गरेर छिट्टै नयाँ राजनीतिक पार्टीको संरचना र कार्यदिशा सार्वजनिक गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP