मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुहबीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

1.9K
SHARES
दुहबीमा सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

धरान । सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई छन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदारका रूपमा कार्यरत थिए ।

आज बिहान करिब १० बजे दुहबी–४, शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको घरमा काम भइरहेको ट्याङ्कीभित्र उनीहरू अचेत अवस्थामा भेटिएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेको थियो ।

मृत्युको कारण खुल्न बाँकी रहेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली बोलाएर फरेन्सिक परीक्षण गराइँदैछ । प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०८:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP