मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जन्मदिनकै दिन चक्रे मिलन पक्राउ, ४७ जना गिरोहसहित नियन्त्रणमा

1.8K
SHARES
जन्मदिनकै दिन चक्रे मिलन पक्राउ, ४७ जना गिरोहसहित नियन्त्रणमा

काठमाडौं । आपराधिक क्रियाकलापका कारण वर्षौंदेखि चर्चा बटुल्दै आएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रहरीले उनको जन्मदिनकै दिन पक्राउ गरेको छ ।

साउन १५ गते राजधानीको महाराजगञ्जस्थित होटल साम्बालामा जन्मदिन मनाइरहेका चक्रे मिलनलाई विशेष प्रहरी अपरेसन मार्फत नियन्त्रणमा लिइएको हो । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेहरू सक्रिय देखिए पनि साँझपख स्थिति फरक बन्यो ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले चलाएको विशेष अभियानका क्रममा चक्रे मिलन र उनका नजिकका सहयोगीहरू पक्राउमा परे ।

विशेष रूपमा राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालिरहेका एसएसपी विश्व अधिकारी स्वयं कमाण्डमा रहेर अपरेसनमा खटिएका थिए । अधिकारीको टोलीले होटल साम्बालाबाट चक्रे मिलनसहितको समूहलाई नियन्त्रणमा लिएको हो ।

यस अभियान अन्तर्गत ठमेल र महाराजगञ्ज क्षेत्रका विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न ४७ जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

चक्रे मिलन विगतमा पनि अनेकौं पटक आपराधिक आरोपमा पक्राउ परेका थिए तर कानुनी प्रक्रियाबाट छुट्दै आएका थिए । पछिल्लो समय राजधानीमा बढ्दो धम्की, फिरौती र संगठित आपराधिक गतिविधिका कारण प्रहरीले यो अपरेसनलाई उच्च प्राथमिकतामा राखेको हो ।

यसै क्रममा प्रहरीले बुधबार ठमेलबाट ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङलाई पनि पक्राउ गरेको छ । उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् । उनलाई जिल्ला अदालतले चार दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको छ ।

पक्राउ परेका चक्रे मिलन र उनको समूहलाई आज अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP