मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नाउपाको निर्णय: अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त

3.6K
SHARES
नाउपाको निर्णय: अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरेको छ । बुधबार राजधानी काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको पार्टीका महासचिव ठाकुरसिंह थारुले जानकारी दिएका छन् ।

श्रेष्ठको पदमुक्तिपछि पार्टीले नयाँ अध्यक्ष चयन प्रक्रिया सुरु गरिसकेको छ । वर्तमान छलफल त्यसैको तयारीका रूपमा भइरहेको महासचिव थारुको भनाइ छ ।

यसअघि पोखरास्थित लिचीबारी घुसकाण्डमा मुछिएपछि श्रेष्ठले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बास्तोलालाई कार्यबाहक अध्यक्ष घोषणा गरेकी थिइन् । तर पार्टी संरक्षक रेशम चौधरीसहितका नेताहरूले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

श्रेष्ठले कार्यबाहक तोक्दा पार्टी विधानको अवज्ञा भएको भन्दै अनुशासन समितिले उनलाई स्पष्टिकरण मागेको थियो । तर निर्धारित समयभित्र कुनै जवाफ नआएपछि उनलाई पदबाट हटाउने निर्णय गरिएको हो ।

पार्टीले यो निर्णय निर्वाचन आयोगमा पनि औपचारिक रूपमा दर्ता गराएको छ । स्रोतका अनुसार उक्त जानकारी मंगलबार आयोगमा पत्रमार्फत बुझाइएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP