मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोकियो बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ

4.3K
SHARES
रोकियो बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारका ताजा नियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

आज (बिहीबार) दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम एकाएक रद्ध हुनुको कारण प्रदेश प्रमुखको स्वास्थ्य अवस्था बनेको छ ।

प्रदेश प्रमुख आकस्मिक स्वास्थ्य समस्या देखिएपछि बिहीबार बिहानै काठमाडौं प्रस्थान गरेपछि समारोह अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको शपथ समारोह श्रावण १५ गते दिउँसो १ बजेका लागि तोकिएको भए तापनि माननीय प्रदेश प्रमुखज्यू स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानु भएकोले उक्त कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।”

बुधवार मात्रै मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूले आज शपथ लिने कार्यक्रम तय भएको थियो ।

अब नयाँ मितिमा शपथ ग्रहण गरिनेछ, जसबारे प्रदेश प्रमुखको कार्यालयले पछि जानकारी गराउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार ०५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP