मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको टिप्पणीः ‘राजनीतिमा को कहिले जेल जान्छ भन्ने ठोकुवा गर्न सकिँदैन’

3K
SHARES
प्रधानमन्त्री ओलीको टिप्पणीः ‘राजनीतिमा को कहिले जेल जान्छ भन्ने ठोकुवा गर्न सकिँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति यस्तो क्षेत्र भएको बताउँदै, जसमा कोही पनि कुनै पनि बेला जेल पर्न सक्ने अवस्था आउन सक्ने बताएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा नेताहरूलाई फसाउने र मुद्दा लगाउने प्रवृत्तिप्रति आपत्ति जनाए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा भएको एउटा घटनाको स्मरण गर्दै भने, “दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रले सत्ता हात पारेर राजनीतिक दलमाथि प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि, नेताहरूलाई घरमै थुन्ने, राजनीतिक व्यक्तिहरूलाई शाही आयोगमार्फत मुद्दा झिकाउने कार्यहरू भए ।”

ओलीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि लगाइएको भ्रष्टाचारको मुद्दालाई ‘शाही ड्रामा’को संज्ञा दिंदै भने, “ज्ञानेन्द्र शाह आफैंलाई भ्रष्टाचार विरोधी देखाएर शेरबहादुरविरुद्ध शाही आयोग गठन गरियो । त्योभन्दा ठूलो नाटक अरू के हुन सक्छरु यस्ता नाटकहरूसँग हामी अहिलेसम्म पनि लड्न बाध्य भएका छौं ।”

प्रधानमन्त्री ओलीको भनाइमा, राजनीति स्वाभाविक रूपमा उतारचढावयुक्त भएकाले कहिले कसले के भोग्ने हो भन्ने यकिन गर्न नसकिने अवस्था रहन्छ । उनले भूतपूर्व राजनीतिक घटनाहरूको उदाहरण दिँदै हालको राजनीतिक सन्दर्भप्रति संकेत गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ११, आईतवार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP