मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा सार्वजनिक स्थलमा धूमपान गरे ५ सय जरिवाना, पार्किङ र विज्ञापनमा पनि कडाइ

2.5K
SHARES
काठमाडौंमा सार्वजनिक स्थलमा धूमपान गरे ५ सय जरिवाना, पार्किङ र विज्ञापनमा पनि कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थानमा धूमपान गर्दा प्रतिपटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । महानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि हालै पारित आर्थिक ऐनमार्फत यो नयाँ व्यवस्था लागू गरेको हो ।

महानगरभित्र सार्वजनिक स्थानहरूमा अत्यधिक धूमपान भइरहेकाले र यससम्बन्धी गुनासाहरू बढ्दै गएकाले ऐनमार्फत कडाइ गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार, सार्वजनिक स्थानमा धूमपान निषेधित भए पनि कार्यान्वयन कमजोर रहँदा असर देखिएको थियो ।

पाण्डेले भने, ‘निजी सम्पत्तिबाहेक सबै सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धित छ । तर बारम्बार गुनासा आइरहेकाले अब जरिवाना अनिवार्य गरिनेछ ।’

धूमपानसँगै महानगरले पार्किङ, विज्ञापन तथा सार्वजनिक स्थानको संरक्षणसम्बन्धी नियमहरू पनि थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

अवैध पार्किङ गरे हजारौं जरिवाना
अब तोकिएको स्थानबाहेक पार्किङ गरेमा सवारीको प्रकारअनुसार जरिवाना लाग्नेछ । मोटरसाइकल वा स्कुटर पार्किङ गरेमा १ हजार, कार, जीप वा भ्यानका लागि २५ सय, मिनीबस वा ट्रकका लागि ३५ सय, र ठूला ट्रक तथा बसहरूका लागि ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

विज्ञापनमा स्वीकृति नलिए कारबाही
सार्वजनिक स्थलमा स्वीकृतिविना गरिएको विज्ञापन, प्रचार सामग्री टाँस्ने वा वितरण गर्ने, होर्डिङ बोर्ड राख्ने, पेन्टिङ वा लेखन गर्ने, वा बेलुनजस्ता माध्यमबाट प्रचार गर्ने कार्यमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।

त्यस्तै, गेट, स्वागतद्वार, पोष्टर, पम्प्लेट टाँस गर्दा र रूखबिरुवामा क्षति पुर्‍याउँदा ५ सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ ।

महानगरले यो ऐनको कार्यान्वयनका लागि महानगर प्रहरीलाई निर्देशन दिइसकेको छ भने आम नागरिकलाई सार्वजनिक स्थानमा शिष्टाचार पालना गर्दै स्वच्छता र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार १२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP