मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर साम्पाङको स्वास्थ्य मन्त्रालयलाई पत्रः “नगरको जग्गा फिर्ता गरिदिनुहोस्”

1.8K
SHARES
मेयर साम्पाङको स्वास्थ्य मन्त्रालयलाई पत्रः “नगरको जग्गा फिर्ता गरिदिनुहोस्”

धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्र लेख्दै छाता चोकस्थित नगरको पुरानो अस्पताल रहेको जग्गा फिर्ता गरिदिन माग गरेका छन् ।

साम्पाङले बुधबार पठाएको पत्रमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउने योजना बनाएको उल्लेख गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको सो जग्गा फिर्ता गरिनुपर्ने माग गरिएको छ ।

पत्रमा भनिएको छ, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनै कुलङ्गारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाए छ, थाहा भएन । यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । Please फिर्ता गरिदिनु होला ।’

पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाइएको छ ।

अनौपचारिक शैलीमा लेखिएको यो पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा साम्पाङले विगतझैं खुलेर धारणा राखेका छन् ।

धरान उपमहानगरपालिकाले सो जग्गा आफ्नो स्वामित्वमा ल्याएर नगरवासीका लागि सेवा केन्द्रित अस्पताल निर्माण गर्ने योजना अघि सारेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०५:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP