मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महावीर पुनको आत्मकथा बिक्रीबाट १२ करोड संकलन, आविष्कार केन्द्रलाई सहयोग

2.1K
SHARES
महावीर पुनको आत्मकथा बिक्रीबाट १२ करोड संकलन, आविष्कार केन्द्रलाई सहयोग

झापा । डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’को बिक्रीबाट अहिलेसम्म १२ करोड रुपैयाँ संकलन भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनका अनुसार संकलित सबै रकम केन्द्रको खातामा जम्मा भइसकेको छ ।

प्रत्येक प्रति ७५० रुपैयाँ पर्ने उक्त पुस्तकको २ लाख १८ हजार प्रति बिक्री भइसकेको पुनले जानकारी दिए । यो रकम वीरगञ्जस्थित औजार कारखाना र आविष्कार केन्द्रका अन्य प्रविधिमूलक कार्यक्रमहरूमा खर्च गरिनेछ ।

झापामा एक साता लामो अभियान
पुस्तक बिक्रीको प्रचारका लागि डा. पुन विगत एक सातादेखि झापामा छन् । उनको उपस्थितिमा बिर्तामोड, दमक, बुद्धशान्ति, बाह्रदशी लगायत विभिन्न पालिकाहरूमा पुस्तक खरिद अभियान तिव्र रूपमा चलिरहेको छ । संस्थागत र व्यक्तिगत स्तरमा पुस्तक किन्नेहरू बढिरहेका छन् ।

स्थानीय तह र संस्थाहरूको समर्थन
बिर्तामोड नगरपालिकाले एक कार्यक्रममार्फत ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको छ । नगर उपप्रमुख पवित्रा महतरा प्रसाईँले डा. पुनको अभियानलाई आत्मनिर्भर नेपालको दिशामा प्रेरणादायक पहल भन्दै समर्थन जनाइन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले डा. पुनको देशप्रेम, मेहनत र वैज्ञानिक दृष्टिकोण अनुकरणीय भएको बताए ।

युवापुस्तालाई डा. पुनको सन्देश
एक कार्यक्रममा डा. पुनले युवाहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली गर्नुभन्दा राष्ट्रका लागि प्रत्यक्ष योगदान गर्न आग्रह गरे । ‘गाली गरेर मात्रै परिवर्तन आउँदैन,’ उनले भने, ‘देशलाई अगाडि बढाउन आ–आफ्नो स्थानबाट केही न केही गर्नु आवश्यक छ ।’

आविष्कार केन्द्रको गतिविधि
डा. पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले हाल १५ प्रकारका कृषि उपकरण उत्पादन गरिरहेको छ । ती उपकरणहरू निकट भविष्यमा साना किसानहरूका लागि विशेष उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP