मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्गा प्रसाईंको रिट खारेज, बैंकले ऋण असुल गर्न बाटो खुल्यो

1.9K
SHARES
दुर्गा प्रसाईंको रिट खारेज, बैंकले ऋण असुल गर्न बाटो खुल्यो

विराटनगर । बैंकविरुद्ध रिट दायर गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निवेदन उच्च अदालत विराटनगर, इलाम इजलासले खारेज गरेको छ । यससँगै बैंकहरूले प्रसाईंबाट लिएको ऋण असुल गर्न प्रक्रिया अघि बढाउन पाउने भएका छन् ।

प्रसाईंले कुमारी बैंकको विर्तामोड शाखालगायत चार बैंकविरुद्ध निषेधाज्ञाको माग गर्दै रिट दायर गरेका थिए। तर मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गर्‍यो ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार बैंकबाट झन्डै २ अर्ब ऋण लिएका थिए । पछिल्लो दुई वर्षदेखि उनले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहा गराउन प्रयास गर्दै आएका थिए । उनका गतिविधिका कारण ग्रामीण क्षेत्रका लघुवित्त संस्थाहरूको ऋण लगानी र असुलीमा प्रत्यक्ष असर परेको थियो ।

इलाम इजलासले रिट खारेज गर्ने क्रममा भनेको छ, ‘रिट निवेदकले विपक्षी बैंकहरूमाथि कानुनी उपचारका लागि साधारण क्षेत्राधिकार अन्तरगत प्रक्रिया अवलम्बन गरिसकेका छन् । साथै, मिति २०८०-१-१० को पत्रको प्रयोजन समाप्त भइसकेकाले निवेदनका आधारमा माग गरिएको आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।’

प्रसाईंले २०८० असार ८ गते चार बैंकलाई प्रतिवादी बनाउँदै रिट दायर गरेका थिए । असार १० गते इलाम इजलासले कारण देखाऊ आदेश जारी गरे पनि यो रिटको सुनुवाइ नौ पटक स्थगित भएको थियो । मंगलबारको फैसलाले बैंकलाई ऋण असुली प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गरेको हो ।

फैसलापछि अब प्रसाईंले लिएको ऋण नतिरे बैंकहरूले धितो लिलामीबाट रकम असुल गर्न सक्नेछन् ।

दुर्गा प्रसाईंलाई हाल विभिन्न कानुनी समस्याहरूले घेरेको छ । बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि सर्वोच्च अदालतले गत चैतमा बाटो खोले पनि, उनलाई संगठित अपराध र अपराधिक लाभका मुद्दामा प्रहरीले हिरासतमा राखेको छ ।

गत मंसिर ४ गते विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका प्रसाईंमाथि ४० हजार धरौटीमा रिहा गर्ने आदेश भए पनि संगठित अपराधका थप आरोपमा हिरासतमै छन् ।

उनले फर्जी कागजातका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पनि अनुसन्धानको सामना गरिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८१ पुष ३, बुधबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP