मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छाउगोठमै सर्पले डसेर युवतीको ज्यान गएपछि कृष्णपुर नगरपालिकाको निर्देशनस् १५ दिनभित्र छाउपडी गोठ भत्काउन आदेश

3.1K
SHARES
छाउगोठमै सर्पले डसेर युवतीको ज्यान गएपछि कृष्णपुर नगरपालिकाको निर्देशनस् १५ दिनभित्र छाउपडी गोठ भत्काउन आदेश

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र भत्काउन निर्देशन दिएको छ ।

यो कदम वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईको मृत्युपछि आएको हो । महिनावारीको समयमा छाउगोठमा बसिरहेकी कमलालाई सर्पले डसेपछि शनिबार निधन भएको थियो ।

नगरपालिकाले वडा कार्यालयहरूलाई औपचारिक रूपमा निर्देशन दिँदै भनेको छ, ‘छाउपडी प्रथाले कसैको ज्यान जानु स्वीकार्य छैन । अबको १५ दिनभित्र सबै छाउगोठ हटाउनुपर्छ, नत्र कानूनी कारबाही हुनेछ ।’

निर्देशनमा उल्लंघन गरेमा सम्बन्धित व्यक्तिमाथि १० हजार रुपैयाँ जरिवाना र कानूनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

नेपालको सुदूरपश्चिममा महिनावारीका समयमा महिलाहरूलाई घरबाट टाढा अलग्गै गोठमा बस्न बाध्य पार्ने प्रथा अझै पनि व्याप्त छ । यस्ता गोठहरू प्रायः असुरक्षित, अन्धकारमय र जनावर तथा सर्पहरूको जोखिमपूर्ण वातावरणमा हुने गर्छन् ।

नेपालको ‘मुलुकी अपराध संहिता २०७४’ अनुसार, रजस्वला र सुत्केरी महिलालाई छाउगोठमा राख्ने वा त्यस्तो अपमानजनक व्यवहार गराउने कार्य गैरकानुनी हो । संहिताको दफा १६८ अनुसार, यस्ता कार्यमा संलग्न पाइए तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्छ ।

कमला दमाईको ज्यान गएको घटनाले फेरि एकपटक छाउपडी प्रथाको घातक असर उजागर गरिदिएको छ । अब प्रश्न उठिरहेको छ— के यसपटक छाउपडी अन्त्यका लागि गरिएका प्रतिबद्धता कार्यान्वयनमा आउनेछन् त ?



अगुल्टो अगुल्टो   
  • २०८२ असार २९, आईतवार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP